बेलाैरीमा रास्वपाकाे प्रथम जिल्ला भेला सम्पन्न, सभापतिमा विष्टकाे निरन्तरता

होमपेज / मुख्य समाचार / राजनीति / समाचार / समाज /
सरकारकाे प्रतिशाेध विरुद्ध रास्वपाकाे खबरदारी : सांसद ढकाल
  • चन्द्रिका चौधरी
  • १० पुष २०८१ (४ हप्ता अघि)
  • ५४८

बेलाैरी, कञ्चनपुर -

बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चनपुरको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । जिल्लाको पुरानो सदरमुकाम बेलौरीमा रास्वपा प्रथम ऐतिहासिक जिल्ला भेला सम्पन्न भएको हो ।

भेलाबाट पार्टी जिल्ला सभापतिमा पदम विष्टले निरन्तरता पाएका छन् भने उप-सभापतिमा भागरती बडाल दोहोरिएकी छिन् ।

यस्तै, सचिवमा रामदत्त भट्ट चयन भएका छन् । भट्ट भीनपा ६ ऐठपुर स्थित शान्ति निकेतन मा.विका अध्यक्ष पनि हुन् । समाजसेवी समेत रहेका भट्ट हालै भीनपा ६ वडाध्यक्षमा चुनाव लडेका थिए । 

उप सचिवमा भुपेन्द्र नागरी, सदस्यहरु जनक चौधरी, गणेश खडका,गोकर्ण लामिछाने, शिवराज भट्ट, कविता सिलाल चयन भएका छन् ।

रास्वपा कञ्चनपुरका सभापति पदम विष्टले यस अघि जिल्लाका ९ पालिका सभापति स्वत: जिल्ला सदस्य हुने सहित थप गरिएको बताए ।

सभापति विष्टले जनहितका कामकाज गर्ने बताउँदै बेथिति भ्रष्टाचारदेखि सरकारी ढिलासुस्ती बिरुद्धमा संघर्षको चेतावनी समेत दिएका छन् ।

रास्वपा केन्द्रीय सदस्य एवम् सांसदद्वय हरि ढकाल र गणेश पराजुलीको आथित्यमा सञ्चालन भएको कार्यक्रममा माननीय ढकालले वर्तमान सरकार आफ्नो कर्तव्य भन्दा पनि रास्वपा केन्द्रीत भएकाले जनता जाग्नुपर्ने बेला आएको बताए । उनले सरकारकाे राजनीतिक प्रतिशाेध विरुद्ध जन-जनले खबरदारी गर्नुपर्ने धारणा राखेका छन् ।,  

यस्तै, माननीय सांसद गणेश पराजुलीले पार्टी सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने माथि सरकारले साँधेकाे  प्रतिशाेधलाई रास्वपाले डटेर सामना गरिरहेको बताउदै "देश भरी अब हजारौं रवि जन्मिसकेको दावी गरे।, भेलामा विभिन्न पार्टी परित्याग गरि दुई दर्जन बढीले रास्वपा प्रवेश गरेकाे जनाइएको छ ।

बुधबार बिहानै बेलाैरी बजार परिक्रमा गर्दै उद्योग वाणिज्य संघको प्राङ्गणमा सञ्चालन गरिएको भेलामा रास्वपाका केन्द्रीय सदस्य विजय जैरु, नेता ज्ञानेन्द्र महता, जनक सिंह धामी, प्रदेश सभापति प्रकाश विष्ट, नरेन्द्र चन्द, झङ्कर राज जाेशी, तेजसिंह धामी, वीरेन्द्र शाही (विरु), बिष्णु प्रसाद शर्मा लगायत स्थानीय नेता कार्यकर्ताहरुको उल्लेखनीय सहभागीता रहेको थियो । 

भने, कार्यक्रमकाे सञ्चालन गाेपाल दाहालले गरेका थिए ।

अन्तिम अध्यावधिक: ११ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस