बेलाैरी, कञ्चनपुर -
कञ्चनपुरको दक्षिणी क्षेत्रका किसान अहिले उखु बेच्नमा व्यस्त छन् । दुई ठुला चिनिमील रहेको उक्त क्षेत्रमा किसानको मुख्य आयस्रोत भनेकै उखुखेती हो ।
जिल्लाको पुर्नवास नगरपालिका-२ स्थित भागेश्वर सुगर मिल र बेलौरी नगरपालिका-१० शिवनगरस्थित महाकाली सुगर मिल मंसिर तेस्रो सातादेखि सञ्चालनमा आइसकेका छन् । मिलले अहिले स्थानीय किसानका उखु क्रसिङ गरिरहेको छ।
तर केही बिचौलियाहरुले भारतबाट भारतीय नम्बरका ट्याक्टरमा नेपाली नम्बर टाँसी उखु क्यारिङ गरिहेको स्थानीय किसानले आरोप लगाएका छन् ।
बिचौलियाहरुले भारतबाट ट्याक्टर ल्याई प्रहरीको आँखामा छारो हाल्न नेपाली नम्बर प्लेट टाँस्ने गरेको आरोप छ । यता जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मण पचभयाले भारतीय ट्याक्टर नेपालमा आएर त्यसरी ओहरदोहर गर्न नपाइने बताए । ‘अहिलेसम्म व्यावहारिक हेरेका छौँ, उखु ट्रली बोकेको ट्याक्टर कागजपत्र हेर्ने मात्र गरिएको छ,’ उनले भने , ‘च्यासिज नं र कागजपत्र हेरेर मात्रै कहाँको हो भनी पत्ता लगाउन सकिने हो ।’उनले प्रयोजन विपरित गरिएको पाइएमा कार्बाही गरिने बताए ।