पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) शनिबार पुनर्वास आउँदै

होमपेज / मुख्य समाचार / राजनीति / समाचार /
माओवादी केन्द्रकाे तयारी तिव्र
  • चन्द्रिका चौधरी
  • ११ पुष २०८१ (४ हप्ता अघि)
  • ३४४

बेलाैरी, कञ्चनपुर -

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) शनिबार कञ्चनपुरको पुनर्वास आउने भएका छन् ।

पूर्व प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्ड पाैष १३ गते शनिबार जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका ६ टाउन बजारको खुलामञ्चमा आउन लागेका हुन् ।

जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासमा माओवादीले भ्रष्टाचार बेथिति बिरुद्धमा गर्न लागेको खबरदारी सभालाई  सम्बोधनका लागि अध्यक्ष प्रचण्ड पुनर्वास आउन लागेको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सदस्य अमर चाैधरीले बताए ।

चाैधरीका अनुसार माओवादी केन्द्रले ‘भ्रष्टाचारमुक्त नेपाल हाम्रो सकल्प’ भन्ने मूल नारा अघि सारेर सरकारलाई खबरदारी गर्नका लागि १३ पाैषमा कञ्चनपुरको पुनर्वासमा वृहत् कार्यक्रम तय गरिएको छ।,

यस्तै बेलाैरीका मेयर एवम् माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सदस्य पाेतीलाल चाैधरी संगकाे कुराकानीमा -"पार्टीका श्रद्देय अध्यक्ष प्रचण्ड कञ्चनपुर आउने भएपछि नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरु फिल्डमा खटिएकाे बताए ।, 

माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले पार्टी अध्यक्ष प्रचण्ड पुनर्वास आउने भएपछि तयारी तिव्र चरणमा अघि बढेको जनाएका छन् । ‘हामी पार्टीका अध्यक्ष प्रचण्ड कञ्चनपुर आउने भएपछि जिल्ला पार्टी,पालिका कमिटी सहित जिल्ला भूगोलबाट प्रदेश र केन्द्रीय कमिटिमा रहेका पदाधिकारी, सदस्यहरु फिल्डमै खटिएका छौँ, ‘उनले भने, ‘कार्यक्रमको तयारी तिव्र रुपमा अघि बढेको छ ।’

पार्टी अध्यक्ष पुर्नवास आउँदा सहिद गोबिन्द गौतमको सालिकमा मार्याल्यण गर्ने गराउने देखिका कार्यक्रम समेत अघि सारिएको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सदस्य दिपक तिमिल्सिनाकाे भनाइ छ । उनलेे भने पूर्व खानेपानी मन्त्री बीना मगरको नेतृत्व र निर्देशनमा विभिन्न समिति उप समिति गठन गरि परिचालन गरिएको छ ।,

कार्यक्रमकै तयारी गर्न पूर्वमन्त्री मगर बुधबार नै गृह जिल्ला पुगेकी हुन् ।, गृहजिल्ला पुगे लगत्तै मन्त्री मगरले बेलाैरी ५ सुदर्शनपुरमा एक तयारी भेला बाेलाउदै नेता कार्यकर्ताहरुलाई विभिन्न जिम्मेवारीमा खटाएकि छिन् ।

माओवादीले वर्तमान सरकार बिरुद्धमा भ्रष्टाचार अभियान अन्तरगत देशभरका पालिका स्तरमा गरिरहेको अभियानलाई निरन्तरता दिने कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्ड सहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्री मगरका स्वकीय सचिव तिमिल्सिनाले जनाए ।

मञ्चमा हजारौँ बढी नेता कार्यकर्ता एवम् जन जनसहभागीता रहने मञ्च व्यवस्थापन उप-समिति संयोजक रामबहादुर देवकरकाे भनाइ छ।,

सभालाई भब्य र सभ्य बनाउन नेकपा माओवादी कञ्चनपुर संयोजक खेमराज पाण्डेयको संयोजकत्वमा ७० सदस्यीय उप-समिति समेत गठन गरिएको छ । 

माओवादी कचनपुरका इन्चार्ज टेकेन्द्र प्रसाद भट्ट (बिक्रम)  संयोजकत्वमा ११ सदस्यीय मुलपरिचालन उपसमिति गठन गरिएको छ भने भट्टकै संयोजकत्वमा ८ सदस्यीय जनपरिचालन उपसमिति गठन गरिएको हाे ।

 माओवादी नेता बिरबल बिश्वकर्माको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ । नेतन देवकरको संयोजकत्वमा ७ सदस्यीय मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

यस्तै माओवादी नेतृ माया नेगीको संयोजकत्वमा १२ सदस्यीय यातायात व्यवस्थापन उपसमिति गठन गरिएको छ । माओवादी केन्द्रीप सदस्य ओम बिक्रम भाट (सरल)संयोजकत्वमा ३ सदस्यीय प्रचारप्रसार उप समिति गठन गरिएको छ ।

अर्का केन्द्रीय सदस्य गोविन्द बिकको संयोजकत्वमा ७ सदस्यीय सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमिति गठन गरिएको छ ।

माओवादी केन्द्रीय सदस्य नेतृ दीपा चौधरीको संयोजकत्वमा ७ सदस्यीय सांस्कृतिक परिचालन उपसमिति गठन गरिएको छ । 

केन्द्रीय सदस्य लोकेन्द्र लम्सालको संयोजकत्वमा १० सदस्यीय अतिथि स्वागत तथा सत्कार उपसमिति गठन गरिएको छ भने नेता देवीलाल चौधरीको संयोजकत्वमा ९ सदस्यीय एकता ध्रुवीकरण समायोजन उपसमिति गठन गरिएको छ ।

यस अघि पनि पार्टी अध्यक्ष प्रचण्ड कञ्चनपुरको बेलौरी, शुक्लाफाँटा, भीमदत्तनगर, दोधाराचाँदनी सहितका स्थानमा पार्टी र सरकारी कार्यक्रमका लागि जिल्ला आएका थिए ।

स्थानीय माओवादी नेता कञ्चन गिरीले पार्टी अध्यक्ष प्रचण्ड पुनर्वास आउने भएपछि नेता कार्यकर्ता निकै उत्साहित भएकाे बताए ।, उनलेे भने भ्रष्टाचार विरुद्धको खबरदारीमा सबै सहभागी बनाैं !

अन्तिम अध्यावधिक: ११ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस