कञ्चनपुर : पुनर्वासमा माओवादीकाे खबरदारी सभा, प्रचण्डले सम्बाेधन गर्ने

होमपेज / मुख्य समाचार / राजनीति / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ११ पुष २०८१ (४ हप्ता अघि)
  • २२३

दिनेश चाैधरी / बेलाैरी, कञ्चनपुर -

नेकपा माओवादी केन्द्रले जिल्लाको दक्षिणी क्षेत्र कञ्चनपुरको पुनर्वासमा खबरदारी सभा गर्ने भएको छ । पुस १३ गते अर्थात शनिबार आयोजना गरिने सभालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

पूर्व प्रधानमन्त्री समेत रहेका माअ‍ोवादी अध्यक्ष प्रचण्डकै प्रमुख आथित्यमा सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र कञ्चनपुरले जनाएको छ । 

बिहीबार पुनर्वासमा एक पत्रकार सम्मेलनकाे आयोजना गर्दै माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरीराजमणी पोखरेलले खबरदारी सभाको तिव्र तयारी भइरहेको बताए ।

प्रदेश इन्चार्ज  पोखरेलले सरकारका गलत काम कार्बाहीलाई जनतासमक्ष पु¥याउन खबरदारी सभा गर्न लागिएको उनको भनाइ छ ।

पत्रकारहरु संगकाे कुराकानीमा उनले भ्रष्टाचार र बेथितीविरुद्ध माओवादीले खबरदारी सभाहरु गरिरहेको बताए ।  काठमाडौँबाट सुरु भएको खबरदारीलाई तलसम्मै लैजान लागिएको उनको कथन थियो ।

‘पार्टी अध्यक्ष प्रचण्डले सुशासन, समृद्धि र सामाजिक न्यायसहित १८ महिनाको नेतृत्व गर्नुभयो’ पोखरेलले भने, ‘अर्को सरकार आएपछि मुलुकलाई जुन दिशामा लैजान खोजिएको छ त्यसबारे जनतालाई जानकारी गराउँछौँ ।’

प्रचण्ड नेतृत्वले खोलेका भ्रष्टाचारका फाइलहरु अहिलेको सरकारले थन्क्याएर राखेको उनले बताए । ‘अघिल्लो सरकारमा भ्रष्टाचारविरुद्ध एकपछि अर्को फाइल खोलिएका थिए’ पोखरेले भने, ‘अहिले कुन कुनामा ती अड्किएका छन् । यहाँहरुलाई थाहै छ ।’

पोखरेलले संविधान संशोधनको सबैभन्दा बढी पक्षमा माओवादी रहेको दावी गरे । उनले संविधानका उपलब्धी कमजोर पार्ने गरी हुने संशोधन भने स्विकार्य नहुने बताए । 

‘संविधान बनाउँदा नै आफ्ना असहमति राखेर हामी अगाडि बढेका हौँ । कोही संविधान संशोधनको पक्षमा छ भने सबैभन्दा बढी हाम्रो पार्टी छ’ उनले भने, ‘हामी शासकीय स्वरुपको यो मोडेल बदल्न चाहन्छौँ । हामी निर्वाचन प्रणाली बदल्न चाहन्छौँ ।’

संविधान संशोधनबारे प्रतिपक्षले हालसम्म कुनै संवाद नगरेकोमा उनले असन्तुष्टि जनाए । ऐननिर्माण आदि दश वर्षभित्र गरिसक्नुपर्ने काम पुरा गरेरमात्र संविधान संशोधनको कुरा गर्नु जायज हुने उनको तर्क थियो । 

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सरकारले निहुँ खोजिरहेको विषयलाई माओवादीले सुक्ष्मरुपमा हेरिरहेको उनले बताए । 

कार्यक्रममा हजारौँ नागरिक आउने जनाईएको छ । सभालाई भब्य र सभ्य बनाउन नेकपा माओवादी कञ्चनपुर संयोजक खेमराज पाण्डेयको संयोजकत्वमा ७० सदस्यीय उप समिति गठन गरिएको छ । 

माओवादी कचनपुरका इन्चार्ज टेकेन्द्र प्रसाद भट्ट (बिक्रम) संयोजकत्वमा ११ सदस्यीय मुलपरिचालन उपसमिति गठन गरिएको छ भने भट्टकै संयोजकत्वमा ८ सदस्यीय जनपरिचालन उपसमिति गठन गरिएको छ । 

माओवादी नेता बिरबल बिश्वकर्माको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

नेतन देवकरको संयोजकत्वमा ७ सदस्यीय मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ । माओवादी नेतृ माया नेगीको संयोजकत्वमा १२ सदस्यीय यातायात व्यवस्थापन उपसमिति गठन गरिएको छ । 

माओवादी केन्द्रीप सदस्य ओम बिक्रम भाट (सरल)संयोजकत्वमा ३ सदस्यीय प्रचारप्रसार उप समिति गठन गरिएको छ । 

अर्का केन्द्रीय सदस्य गोविन्द बिकको संयोजकत्वमा ७ सदस्यीय सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमिति गठन गरिएको छ । 

कञ्चनपुरकी माओवादी नेतृ दिपा चौधरीको संयोजकत्वमा ७ सदस्यीय सांस्कृतिक परिचालन उपसमिति गठन गरिएको छ । केन्द्रीय सदस्य  लोकेन्द्र लम्सालको संयोजकत्वमा १० सदस्यीय अतिथि स्वागत तथा सत्कार उपसमिति गठन गरिएको छ ।

केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य  देवीलाल चौधरीको संयोजकत्वमा ९ सदस्यीय एकता धुव्रीकरण्उा समायोजन उपसमिति गठन गरिएको छ ।

पार्टी अध्यक्ष प्रचण्ड जिल्लाको सीमावर्ती पुनर्वास नगरपालिका आउने भएपछि माओवादी केन्द्रका नेता कार्यकर्ता पुनर्वास क्षेत्रमा सकृयतापुर्वक खटिएका छन् ।

अन्तिम अध्यावधिक: ११ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस