बेलाैरी : आदिवासी जनजातीलाई सम्मान

होमपेज / मुख्य समाचार / समाचार / समाज /
जनताको रगत र पसिनाबाट काेरिएकाे संविधान माथि आँखा नलाउन पूर्वमन्त्री मगरकाे चेतावनी
  • चन्द्रिका चौधरी
  • १३ पुष २०८१ (४ हप्ता अघि)
  • १६५

बेलाैरी, कञ्चनपुर -  

आदिवासी जनजाती समुदायबाट निर्वाचित जनप्रतिनिधी, जेष्ठ नागरिक एव एकल महिलालाई सम्मान गरिएको छ । नेपाल आदिवासी जनजाती महासंघ बेलौरी नगर समन्वय परिषदले बेलौरी नगरपालिकाको सहयोगमा आदिवासी जनजाती समुदायबाट निर्वाचित जनप्रतिनिधी, जेष्ठ नागरिक, डाक्टर राष्ट्रिय खेलाडी एवम् एकल महिलालाई सम्मान गरेको हो ।

कार्यक्रममा कुल २ सय ३७ जना आदिवासी जनजातिलाई सम्मान गरिएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी पूर्वमन्त्री बीना मगरले जनप्रतिनिधी, जेष्ठ नागरिक एवम् एकल महिला, चिकित्सक र राष्ट्रिय खेलाडीलाई सम्मान गर्दै आ–आफ्नो कार्य क्षेत्रमा प्रभावकारी कामकाजमा जोड दिएकी छिन् । 

उक्त ऐतिहासिक कार्यक्रमका लागि आयाेजक बेलाैरी नगर समन्वय परिषद्लाई धन्यवाद दिदै पूर्वमन्त्री मगरले बर्तमान सरकारले संविधान सच्याउने र संशोधन गर्ने प्रयास गरे जनताले जनस्तरबाट खबरदारी गर्ने बताइन् । 

माओवादी नेतृ समेत रहेकी पूर्वमन्त्री मगरले जनताको रगत र पसिना बाट काेरिएकाे संविधान माथि आँखा नलाउन सरकारलाई चेतावनी समेत दिएकी थिइन् ।  

कार्यक्रम स्थानीय आदिवासी जनजातिका अगुवा जनप्रतिनिधि भलमन्सा बडघर एवम् सराेकारवालाहरुकाे उल्लेखनीय सहभागीता रहेको आदिवासी जनजाति नगर समन्वय परिषद अध्यक्ष कृष्ण गम्वाले बताए ।  

अध्यक्ष गम्वाले कार्यक्रमलाई सभ्य र सव्य रुपमा सफल पार्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

अन्तिम अध्यावधिक: १३ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस