पुनर्वास, कञ्चनपुर -
शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)ले वर्तमान काँग्रेस–एमाले नेतृत्वको सरकार सुशासनको पक्षमा नभएको बताउनुभएको छ ।
कञ्चनपुरको पुनर्वासमा माओवादी केन्द्रले आयोजना गरेको भ्रष्टाचार बिरुद्धको खबरदारी सभा सम्बोधन गर्दै प्रचण्डले सरकार सुशासनको पक्षमा नभएको बताएका हुन् । ‘यो सरकार सुशासनको पक्षमा छैन, आफ्ना भ्रष्टाचारी मान्छे जोगाउन उद्यत छ, ‘उनले भने, ‘विचौैलियाको पक्षमा मात्रै काम गरिरहेको छ, जनता सरकारप्रति निराश छ।’
प्रचण्डले माओवादी नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचार बिरुद्धमा गतिबिधी अघि बढाएपछि अत्तालिएर सरकार ढलाउने केन्द्रीत रहेको बताएका छन् । ‘मेरो नेतृत्वको सरकारले राष्ट्रिय रुपमा भ्रष्टाचार बिरुद्धको अभियान संचालन गरेको थियो, ‘उनले भने, ‘दलका ठुला नेता एव ठुला कर्मचारी परेपछि सरकार ढालियो ।’
माओवादीले अघि सारेको सुशासनको अभियान संचालन गरेको देखाएर विचौलिया अत्तालिएको बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूले चिन, भारतमा भ्रमण गर्दा नेपालको हितका क्षेत्रमा काम गरेको बताउँदै उनले नेपाल भारत र चिनसंग विद्युत ब्यापार सम्झौता ऐतिहासिक भएको बताए ।
आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोतीसंग कञ्चनपुर सहित दार्चुलाको लिपुलेकसम्मको सीमा समस्या बारे स्पष्ट कुरा राखेको बताए ।
प्रचण्डले आफूले तीन पटक सरकारको नेतृत्व गर्दा सुप प्रदेशमा गौरबका आयोजना संचालन गरेको बताए ।
उनले दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माण, सुप विश्वविद्यालय निर्माण, गेटा अस्पताल, गोकुलेश्वर कृषि क्याम्पस, धनगढी क्रिकेट फाप्ला मैदान निर्माण सहितका योजना अघि बढेको बताए ।
प्रचण्डले माओवादी केन्द्रले सरकारको नेतृत्व लिर थप भ्रष्टाचार बिरुद्धमा अभियान छेड्ने बताए ।
माओवादीले सरकारको नेतृत्व गरेर गिरीबन्धु, वाईडबडी, ओम्नी लगायत सबै भ्रष्टाचार काण्डका फाईल खोल्नेबताए।
वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएकाले देशभर माओवादीप्रति जनलहर बढेको बताए । प्रचण्डले आगामी ०८४को निर्वाचनमा माओवादी १ नम्बर पार्टी बन्ने समेत घोषणा गरेका थिए ।