लागूऔषध र चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १३ पुष २०८१ (४ हप्ता अघि)
  • १७७

कैलाली -

कैलालीबाट लागूऔषध र चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–१ शान्तीनगर बस्ने २९ वर्षीय बिपिन मल्ल र चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएकी टीकापुर नगरपालिका–१ बस्ने नारायणी देवी खत्री पक्राउ परेकी हुन् ।

जिल्ला अदालत कैलालीको फैसलाले कैद सजाय तथा जरिवाना ठहर गरेपछि दुबै जना फरार रहेका थिए । उनीहरुलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

अन्तिम अध्यावधिक: १३ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस