आजदेखि मौसम सुधार हुने

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १४ पुष २०८१ (४ हप्ता अघि)
  • ९२

आजदेखि मौसम सुधार हुने भएको छ । अस्ति शुक्रवार रातिदेखि बदली भएको मौसम आजदेखि सुधार हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो देशका सबैजसो ठाउँमा बदली भएकोमा पश्चिम नेपालका केही ठाउँमा पानी परेको छ ।

यस्तै धेरैजसो हिमाली भूभागमा हिमपात भएको छ । हुम्लासहित पश्चिम नेपालका हिमाली क्षेत्रमा बाक्लो हिउँ परेको छ । कालीकोट, डडेलधुरा लगायतका केही स्टेसनमा १० मिलिमिटरभन्दा बढी पानी परेको र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशमा भन्दा बढी पानी परेको मौसमविद् अधिकारीले बताउनुभयो ।  

अन्तिम अध्यावधिक: १४ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस