प्रधानमन्त्री कप महिला क्रिकेटको सुदूरपश्चिम प्रादेशिक छनौट बैतडीमा हुने

होमपेज / खेलकुद / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १५ पुष २०८१ (३ हप्ता अघि)
  • ८०

बैतडी -

बैतडीमा प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता हुने भएको छ । यही पुस १९ गतेदेखी जिल्लाको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा प्रदेशस्तरिय छनौट प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगिता माघ पहिलो सातादेखि धनगढीमा हुने भएको छ । जसको प्रदेशस्तरिय छनौट बैतडीमा हुन लागेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कार्यालय सचिव अनिलकुमार बिष्टले जानकारी दिए । पुस २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट संघमा आवद्ध प्रदेशका ८ वटा जिल्लाको सहभागिता रहने बताईएको छ ।

यसैबिच प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । जसमा प्रतियोगितामा सहभागि हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा र दार्चुला रहेका छन भने समूह ‘बी’ मा बैतडी, बझाङ, डोटी र अछामलाई राखिएको छ ।

छनौट प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘बी’ मा रहेका बैतडी र अछाम एकआपसमा भिड्नेछन । सोही दिनको दोस्रो खेलमा पनि समूह ‘बी’ बाटै डोटी र अछाम भिड्ने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले बताएका छन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने बताईएको छ ।

अन्तिम अध्यावधिक: १५ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस