बेलाैरी - काठमाडौं समाजकाे अध्यक्षमा जाेशी

होमपेज / प्रवास / समाचार / समाज /
बेलाैरी विकासका लागि पहल र पुलको काम गर्ने प्रतिबद्धता
  • निरु चौधरी
  • १६ पुष २०८१ (४ महिना अघि)
  • ५१३

बेलाैरी, कञ्चनपुर -

बेलाैरी-काठमाडौं समाजकाे अध्यक्षमा ज्ञानेन्द्र जाेशी निर्विरोध चयन भएका छन् । साेमबार राजधानीमा सम्पन्न समाजकाे साधारण सभाबाट जाेशी निर्विरोध चयन भएका हुन् । 

बिगत केही बर्ष देखी देश विदेशमा बसोबास गरिरहेका बेलौरी बासीहरुलाई एक ठाउँमा जोड्ने उद्देश्यका साथ स्थापित समाजकाे साधारण सभाले जाेशीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे ।, 

समितिकाे उपाध्यक्षमा लक्ष्मी पाण्डेय, सचिव अनुपमा महतरा, सह-सचिव दिनेश साउँद र कोषाध्यक्षमा दिव्या रावल सर्वसम्मत निर्वाचित भएका हुन् । 

भने समाजकाे सदस्यमा दिपेन्द्र विष्ट, लक्ष्मण दियाल, हरिश पन्त, उषा खरेल, दिपक चन्द, विवेक बिष्ट र दिपक खड्कालाई चयन गरिएको छ ।

उक्त साधारण सभाबाट समाजले बिगतमा गरेका कामहरुको समीक्षा गर्दै आगामी कार्य याेजना तह गरेकाे जनाइएको छ । नव गठित समितिले नयाँ ढंगबाट समाजलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । 

उनीहरूले बेलाैरीकाे विकास र समृद्धिकाे सपनालाई सिंहदरबारकाे ढाेका सम्म पुर्‍याउन कुनै कसर बाँकी नराख्ने विश्वास समेत व्यक्त गरेका छन् ।

समाजले बेलाैरी विकासका लागि पहल र पुलको काम गर्ने बताउँदै समाजका अध्यक्ष जाेशीले भने - निरन्तरकाे साथ सहयोग र सद्भावका लागि सबैलाई धन्यवाद ।"

अन्तिम अध्यावधिक: १६ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस