तराईमा हुस्सु, पहाडी क्षेत्रमा कुहिरो

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १७ पुष २०८१ (३ हप्ता अघि)
  • १७५

पश्चिमी वायुको प्रभावले आज तराईका धेरै ठाउँमा हुस्सु लागेको छ । यस्तै पहाडी कतिपय क्षेत्रमा कुहिरो लागेको छ ।

विशेषगरी अहिले गण्डकी प्रदेशको पहाडी क्षेत्रमा कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ ।

आज राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने अनुमान छ । यस्तै भोलि बिहान तराई तथा काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा हुस्सु लाग्ने सम्भावना रहेको छ ।

महाशाखाले हुस्सु, कुहिरो र चिसोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

अन्तिम अध्यावधिक: १७ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस