बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला ०८१ सम्पन्न

होमपेज / उद्योग / कृषि / पर्यटन / मुख्य समाचार / समाचार / समाज /
मेलाले साेचे अनुरुप सफलता पाएको वाणिज्य संघकाे दावी
  • दिनेश चौधरी
  • १८ पुष २०८१ (३ हप्ता अघि)
  • १८०

बेलाैरी, कञ्चनपुर

कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा शुरु भएको पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला सम्पन्न भएको छ । 

बेलौरी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित तेस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि, औद्योगिक व्यापार मेला ०८१ बुधबार सम्पन्न भएको हो । 

‘कृषि पर्यटन, उद्योग र व्यापार समृद्ध बेलौरीको आधार’ मूल नारा अघि सारेर तेस्रो संस्करणमा सञ्चालित महाेत्सव औपचारिक कार्यक्रम बिच सु-सम्पन्न भएको आयोजकले जनाएको छ ।

८ पुष ०८१ सोमबार देखि बेलौरीको खुला मञ्चमा जारी व्यापार मेला भव्यताका साथ सम्पन्न भएको बेलाैरी उद्योग वाणिज्य संघका महासचिव गाेविन्द सापकोटाले जनाए ।

वाणिज्य संघको आयोजना र बेलौरी नगरपालिकाको सह-आयोजनामा औद्योगिक व्यापार मेला ०८१ सञ्चालन भएको थियो । 

यस अघि दुई संस्करण मेला लगाईसकेको वाणिज्य संघले तेस्रो पटककाे मेलाले पनि साेचे अनुरुप सफलता पाएको वाणिज्य संघ अध्यक्ष हिरासिंह विष्टको दावी छ । 

बेलौरी महोत्सवले स्थानीय उत्पादन कृषि, उद्योग, व्यापार पर्यटन क्षेत्रको विकास गर्दै कला र संस्कृतिको प्रवर्द्धन गरेकाे अध्यक्ष विष्टले बताए ।

रेडियो सुदूर सञ्चार संगकाे कुराकानीमा अध्यक्ष विष्टले मेला शान्तिपूर्ण ढंगबाट सु-सम्पन्न भएको बताउँदै सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । 

बेलौरी नगरका मेयर पोतीलाल चौधरीले उद्घाटन गरेको महाेत्सवलाई बुधबार नगर उपप्रमुख जोगराज चौधरीले समापन गरेका हुन् ।

महोत्सवले स्थानीय किसान, व्यवसायी, उद्योगी र सांस्कृतिक समूहलाई आफ्नो उत्पादन, कला र सीप प्रदर्शन गर्न विशेष प्लेटफर्म प्रदान गरिएको आयाेजककाे कथन छ । 

अध्यक्ष विष्टका अनुसार स्टलमा कृषि उत्पादन, हस्तकला,औद्योगिक सामग्री र आधुनिक प्रविधि प्रदर्शनी स्थानीय किसानहरूले आफ्ना जैविक उत्पादित बस्तु प्रदर्शनीमा राखिएकाे बताउँदै प्रायः सबैकाे राम्रै काराेबार भएकाे अपेक्षा गरे ।,

महोत्सवमा स्थानीय विद्यालय र विद्यार्थीको सहभागीतामा संस्कृति झल्किने कार्यक्रमहरू प्रस्तुत गरिएका थिए । भने आयाेजकले मेला सञ्चालनमा सहयोग गरी महत्त्वपूर्ण याेगदान पुर्‍याउनु हुने महानुभावहरुलाई समेत सम्मान गरेको थियो।

बेलाैरी महोत्सवमा हजारौँ दर्शकले अवलोकन एवम् लाखौँको कारोबार भएको आयाेजकले जनाएको छ ।

अन्तिम अध्यावधिक: १८ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस