नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १९ पुष २०८१ (३ हप्ता अघि)
  • ३५४

कञ्चनपुर – 

कञ्चनपुरको देखतभूली पर्सिया सडक खण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माणकार्यले गति लिएको छ । ठेक्का सम्झौता भएको नौ वर्षपछि पुल निर्माण कार्य अगाडि बढेको छ ।

वि.सं.२०७२ पुस २६ गते लुम्बिनी–राजेन्द्र–कुमार–श्रेष्ठ जेभीसँग पुल निर्माणका लागि २४ करोड २२ लाख ५७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार जेभीमा आबद्ध राजेन्द्र निर्माण सेवाले काम गर्न नसकेपछि अहिले जेभी पार्टनर कुमार श्रेष्ठले कार्य गरिरहेको छ ।

लालझाडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले हिउँदयाममा नदीमा अस्थायी राखिने काठको पुलमा शुल्क तिरेर तर्दै आएका छन् ।

वर्षातका बेला बाढीमा नदी जोखिम मोलेर तर्नुपर्ने स्थानीयवासीको बाध्यता  छ । पुल निर्माणले गति लिएपछि विगतको जोखिम मोलेर र शूल्क तिरेर नदी तर्नुपर्ने अवस्थाको अन्त्य हुने शुक्लाफाँटा नगरपालिका–१२ का वडाध्यक्ष नवलसिंह रानाले बताए ।

अन्तिम अध्यावधिक: १९ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस