धान उत्पादन ४ प्रतिशतले बढ्यो

होमपेज / कृषि / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १९ पुष २०८१ (३ हप्ता अघि)
  • ७८

यो वर्ष धान उत्पादन ४.०४ प्रतिशतले बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको हो । चैते र वर्षे दुवै गरी चालु आवमा कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यो क्षेत्रफल भने गत आवको १.२८ प्रतिशतले कमी हो ।

मन्त्रालयका अनुसार यो वर्ष उत्पादकत्व बढेको छ । यो वर्ष औषत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रति हेक्टरमा पुगेको छ । जुन हालसम्मकै उच्च हो । समग्रमा चैते धानको उत्पादकत्व वर्षेकोभन्दा बढी देखिएको मन्त्रालयले जनाएको छ । प्रदेशगत हिसाबले कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिममा धान उत्पादन बढेको छ । गण्डकी र कर्णाली प्रदेशमा भने घटेको छ । 

 

 

अन्तिम अध्यावधिक: १९ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस