देशमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ : प्रचण्ड

होमपेज / मुख्य समाचार / राजनीति /
  • रेडियो सुदूर सञ्चार
  • २० पुष २०८१ (३ हप्ता अघि)
  • ८९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताउनुभएको छ ।

शुक्रवार नेपाल पत्रकार महासंघ काठमाण्डाै शाखाको पद हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो नियत र निष्ठा सफा छ भन्ने कुरा नेपाली नागरिकले बिस्तारै बुझ्दै गएका जिकिर गर्नुभयो ।

प्रचण्डले सरकारमा हुँदा र बाहिर गएपछि पनि आफूले एउटै कुरा गरेको दाबी गर्दै पछिल्लो कार्यकालमा भ्रष्टाचार र सामाजिक विभेदविरुद्ध तथा सुशासनको पक्षमा इमानदारितापूर्वक देशलाई राहत दिने पक्षमा काम गरेको बताउनुभयो । एकले अर्कोलाई दोषारोपण गरेर मात्रै हुँदैन भन्ने कुरामा आफू सहमत रहेको उहाँको भनाइ छ ।

अन्तिम अध्यावधिक: २० पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस