महिला जनप्रतिनिधिकाे सक्रियताले पालिकाकाे इज्जत धानिएकाे छ : प्रधानमन्त्री

होमपेज / मुख्य समाचार / राजनीति /
  • रेडियो सुदूर सञ्चार
  • २० पुष २०८१ (३ हप्ता अघि)
  • ५६

प्रधानमन्त्री केपी शर्मा ओलीले पालिकाको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

जनप्रतिनिधिहरूको सम्मान कल्प संस्थाले आयोजना गरेको 'सी लिड्स आइकन' कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिहरूले अगुवाइ गरेको बताउनुभयो ।हिजो छोरीहरूको साक्षरताको स्तर माथि आउन नसकेकामा आज महिला शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले महिलामा करुण, माया र स्नेह भाव बढी हुने र उनीहरूको भूमिकाले हरेक क्षेत्रमा उत्कृष्टता र श्रेष्ठता हासिल गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा विभिन्न पालिकाका छानिएका २७ महिला जनप्रतिनिधि र तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई 'आइकन' सम्मान प्रदान गरिएको छ ।

अन्तिम अध्यावधिक: २० पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस