ब्रम्हदेव करिडोरमा बाघ तथा आहार प्रजातिको गणना सुरु

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २० पुष २०८१ (३ हप्ता अघि)
  • २५६

कञ्चनपुर -

कञ्चनपुरको चुरे क्षेत्रसंग जोडिएको ब्रम्हदेव करिडोरमा बाघ तथा आहार प्रजातिको गणना सुरु भएको छ ।

शुक्रबार देखि ब्रम्हादेब लगायतका आसपासका वन क्षेत्रमा क्यामेराको माध्यमबाट बाघ तथा आहार प्रजातिको गणना सुरु भएको हो । डिाभिजन वन कार्यालय कञ्चनपुरले संरक्षणका क्षेत्रमा काम गर्दै आएका संघ संस्थाहरुसंगको सहकार्यमा चुरे क्षेत्रमा बाघ लगायतका मांसाहारी प्रजातिको गणनाको लागि क्यामेरा जडान गरिएको हो ।

शुक्रबार एक कार्यक्रमका विच बेदकोट नगरपालिकाको करिडोरमा पर्ने छेला सब डिभिजन वन क्षेत्रमा एक जोडी क्यामेरा जडान गरेर गणना सुरु गरिएको हो । करिडोर लगायत आसपासका क्षेत्रमा २ किलोमिटरको दुरीमा एक सय ५० म्यामेरा गणनाको लागि जडान गरिने डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले बताए । ठाकुरले आहारा प्रजातिको ओहोर दोहोर गर्ने जैविक मार्गमा ७५ ग्रीड बनाइएका र भावी दिनमा आवश्यकता अनुरुप थप गरिने बताए ।

सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले क्यामेरा जडान उद्घाटन गर्दै वन्यजन्तु र मानव विचको द्वन्द्व न्यूनीकरणका लागि क्यामेरा जडानबाट सहज हुने बताए । करिडोरमा ठूला आहारा प्रजातिको गणनाले बन्यजन्तुको ब्यवस्थापन, बन्यजन्तुको उपस्थिति कस्तो छ भन्ने हिसाबले महत्वपुर्ण रहेको बताए । कार्यक्रमका प्रमुख अथिति समेत रहेका वन मन्त्रालयका सचिव भट्टराईले निकुञ्जसंगै उत्तरी चुरे वन क्षेत्रमा भेटिने वन्यजन्तुको संरक्षण आवश्यक रहेको औल्याए ।

सुप प्रदेशका वन निर्देशक हेमराज विष्टले मानवको अस्थित्वका लागि समेत बाघ लगायतका मासाहारी बन्यजन्तु संरक्षण अपरिहार्य रहेको बताए । निर्देशक विष्टले मानव बन्यजन्तुविच हुनेद्वन्द्व न्यूनिकरणका लागि समेत क्यामेरा ट्यापिङ विधी उपभोगमा जोडदिए ।

यस अघि शुक्लाफाँटा निकुञ्जमा समेत बाघ सहितका बन्यजन्तुको अनुगमनका लागि क्यामेरा जडान गरिएका थिए । पछिल्ला बर्षहरुमा सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा वन्यजन्तुको गतिबिधी बढ्दै गएपछि मानव बन्यजन्तुविच हुने द्वन्द्व न्यूनिकरण आवश्यक रहेको सरकारवालाको जोड दिएका छन ।

अन्तिम अध्यावधिक: २० पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस