एघारौँ तहका कर्मचारीलाई सचिव बनाउँछौं : मुख्यमन्त्री शाह

होमपेज / मुख्य समाचार / राजनीति /
  • रेडियो सुदूर सञ्चार
  • २१ पुष २०८१ (३ हप्ता अघि)
  • २२६

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घ सरकारले प्रदेशमा सचिव कहिले पठाउने र पठाएका सचिवलाई केन्द्रमा तान्नेखालका प्रबृत्ति रहेकाले अब प्रदेश आफैले ११ औं तहको कर्मचारीलाई सचिव बनाउने बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन प्रदेश कार्यसमितिले प्रदेश निजामती सेवा ऐन तथा नियमावली सुदूरपश्चिम प्रदेशमा पास भएको अवसरमा आयोजना गरेको सम्मान तथा धन्यवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘प्रदेशमा एघारौँ तहका कर्मचारीलाई सचिव बनाउने व्यवस्था छ, अब प्रदेश सरकारले प्रदेशकै कर्मचारीलाई सचिव बनाउने छ, जिम्मेवारी दिने व्यवस्था गर्नेछ’ उनले भने । मुख्यमन्त्री शाहले यो ऐनले कुनै पनि कर्मचारीको विकास नरोक्ने, अबको मन्त्री परिषदको बैठकले चाँडोभन्दा चाँडो ओएनएमका लागि समिति बनाएर काम गर्ने, बताए ।

साथै प्रदेश सरकार स्थानीय सरकार सञ्चालन ऐन समेत अगाडि बढाइसकेको जानकारी दिए । उनले भने, ‘अब छिट्टै स्थानीय तह सञ्चालन ऐन निर्माण गर्छौं, कर्मचारीको तलब कोषका लागि के गर्ने स्थानीय सरकारले के गर्ने भनेर प्रदेशका ८८ वटै पालिका प्रमुखसँग कञ्चनपुरको बेलौरीमा छलफल कार्यक्रम राखेकोे छ ।’ उनले माघ १५ भित्र स्थानीय सरकार सञ्चालन ऐन आउने बताए ।

अन्तिम अध्यावधिक: २१ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस