नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यु–१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ । क्यानले पूजा महतोको कप्तानीमा शनिबार १५ सदस्यीय टोली घोषणा गरेको हो ।
नेपाली टोलीका अन्य खेलाडीमा सोनी पाख्रिन (उपकप्तान) , साना प्रविन, ज्योत्सिन्का मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, किरणकुमारी कुँवर, रचना चौधरी, तृष्णा विक, अनु कडायत र एलिसा कुमारी यादव छन् । गत महिना भएको यु–१९ एसिया छनोटमा च्याम्पियन बन्दै नेपालले विश्वकपमा स्थान बनाएको हो । यु–१९ विश्वकप आगामी माघ ५ देखि २० गतेसम्म मलेसियामा हुँदै छ ।
उक्त प्रतियोगितामा १६ टोली सहभागी हुनेछन् । नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा बंगलादेश, अस्ट्रेलिया र स्कटल्यान्ड समेत छन् । नेपालले पहिलो खेल माघ ५ गते बंगलादेशसँग खेल्नेछ । नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग तथा तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ ।