महेन्द्रनगर जेसिजको अध्यक्षमा अवस्थी

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २१ पुष २०८१ (२ हप्ता अघि)
  • १४९

कञ्चनपुर -

महेन्द्रनगर जेसिजको अध्यक्षमा राजेन्द्र प्रशाद अवस्थी चयन भएका छन् । शनिबारदेखि शुरु भएको महेन्द्रनगर जेसिजको ३८औँ शाखा अधिवेशनबाट अध्यक्षमा अवस्थी चयन भएका हुन् । 

जेसी अवस्थी निर्बिरोध निर्वाचित भएको जेसिज महेन्द्रनगरले जनाएको छ । कार्यकारी उपाध्यक्ष दिपक कार्की(दिपिन), पवन जोशी, उपाध्यक्ष मनोज भट्ट, पुष्कर दत्त भट्ट, गोबिन्द भट्ट, नवराज जोशी चयन भएका छन् । महासचिव, कानुनी सल्लाहकार, कोषाध्यक्ष सहितका अन्य पदाधिकारी सदस्य पछि चयन गरिनेछन्। 

०२५का लागि महेन्द्रनगर जेसिजको अध्यक्ष भएका जेसी राजेन्द्र प्रशाद अवस्थीले युवा प्रतिभादेखि युवाहरुलाई स्वदेशमै आत्मनिर्भरका कार्यक्रममा जोड्ने बताएका छन् । बर्ष ०२४का अध्यक्ष जानकी रोकायाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पुर्व अध्यक्ष जेसी धर्मानन्द भट्ट प्रंमुख अतिथि रहेका थिए । पुर्व जेसिज महेन्द्रनगरका अध्यक्ष जोसी हरिस भट्ट निर्वाचन आयुक्त थिए । जेसिजमा हरेक एक बर्षमा नेतृत्व परिर्वतन हुँदै आएकोछ  । 

 

अन्तिम अध्यावधिक: २१ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस