माओवादीको आ*क्र*म*णबाट नौ जना सुरक्षाकर्मीको मृ*त्यु

होमपेज / अन्तर्राष्ट्रिय / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २२ पुष २०८१ (२ हप्ता अघि)
  • ६७२

भारतको छत्तिसगढ राज्यमा पर्ने बिजापुरमा विद्रोही माओवादीको आक्रमणमा नौ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।  बिजापुरको कुटरू बेन्द्रे मार्गमा माओवादीले आक्रमण गर्दा नौ जना सुरक्षाकर्मीको मृत्यु भएको हो ।

बस्तरका प्रहरी महानिरीक्षक (आईजी) सुन्दरराज पीले दन्तेवाडा, नारायणपुर, बस्तर र बिजापुरको स्पेशल टास्क फोर्स र सीआरपीएफका जवानको टोली माओवादी अपरेशनबाट फर्किने क्रममा आक्रमण भएको बताएका छन् । 

उनका अनुसार आक्रमण विस्फोटका माध्यमबाट गरिएको थियो । विस्फोटमा परी  डिस्ट्रिक्ट रिजर्भ गार्डका ८ जवान र एक वाहन चालकको मृत्यु भएको बताइएको छ । -बीबीसी

अन्तिम अध्यावधिक: २२ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस