राष्ट्रिय हस्तलेखन प्रतियोगिता च्याम्पियन खडायतलाई सम्मान

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २३ पुष २०८१ (२ हप्ता अघि)
  • २६५

कञ्चनपुर -

राष्ट्रिय हस्तलेखन प्रतियोगिता च्याम्पियन भएकी आयुषा खडायतलाई विद्यालयले सम्मान गरेको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगर स्थित सार्क एजुकेसन फाउण्डेशन(सार्क स्कुल) कक्षा ९मा अध्ययनरत छात्रा खडायतलाई विद्यालयले सम्मान गरेको हो ।

मंगलबार विद्यालयले एक कार्यक्रमका विच विद्यालयले छात्रा खडायतलाई प्रमाण पत्रका साथ सम्मान गरेको जनाएको छ । विद्यालयले आयोजना गरेको उद्यमशिल र स्टार्टअफ संस्कृतिको विकास बारे आयोजित अन्तरकृया कार्यक्रममा छात्रा खडायतलाई प्रमुख अतिथि समेत रहेका कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी, विद्यालयका प्रमुख कार्यकारी अधिकृत डा. लक्ष्मण बस्नेतले आयुषालाई प्रमाण पत्र हस्तान्तरण गरेका छन् । 

यसैगरी विद्यालयले रोबटिक्स प्रंतिक जोशी, करन सिह ठगुन्ना र जानकी न्यौपानेलाई पनि सम्मान गरेको छ । ६ पुष काठमाण्डौँमा सम्पन्न भएको राष्ट्रिय हस्तलेखन प्रतियोगितामा सार्ककी छात्रा समेत रहेकी सुप दार्चुलाकी छात्रा आयुषा खडायत प्रथम भएकी थिईन । 

बाल विकास एनसिएमएएस प्रांईभेट लिमिटेडले आयोजना गरेको उक्त हस्तलेखन प्रतियोगितामा देशभरबाट झण्डै साढे ५ हजार भन्दा बढि प्रतिस्पर्धी उछिन्दै खडायत प्रथम भएकी थिईन । व्यवसायका सिलसिलामा दार्चुलादेखि कञ्चनपुरको भिमदत्त नगरपालिका ४ महेन्द्रनगर क्याम्पस रोडमा आयुषाका बाबु दिनेश खडायत, आमा शुशिला धामी(खडायत)ले न्यू चौलानी बुक्स एण्ड स्पोर्ट सेन्टर संचालन गर्दै आएका छन् ।

महेन्द्रनगर स्थित सार्क स्कुल कक्षा ९ मा अध्ययनरत छात्रा आयुषाले विगतदेखि हस्तलेखनमा रुची राख्दै आएकी छिन । स्थानीय स्तरमा हुने प्रतियोगितामा समेत सहभागि हुने आयुषा यस पटक राष्ट्रिय स्तरकै प्रतियोगितामा सहभागी भएकी थिईन ।
उनले आफ्नो सानैदेखिको रुची हस्तलेखन भएको बताउँदै आजको सफलताको पछाडी आफु, अभिभावक, घर परिवार, विद्यालय समाज भएको बताएकी छिन् ।

नेपालमा बिरलै हुने हस्तलेखन प्रतियोगितामा सुदूर दार्चुलाकी चेली आयुषा राष्ट्रिय स्तरको हस्तलेखन प्रतियोगिताको च्याम्पियन बनेपछि यहाँका जनता समेत हर्षित भएका छन् । आयुषाका अभिभावकले विद्यालयदेखि आयोजकदेखि सरोकारवाला निकायमा हार्दिक आभार प्रकट गरेका छन् । 

अन्तिम अध्यावधिक: २३ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस