बेलडाँडी, कञ्चनपुर -
बुधबारदेखि कञ्चनपुरको बेलडाँडीमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरू भएको छ । बेलडाँडी २ रौलेश्वर माविको प्राङ्गणमा उक्त प्रतियोगिता शुरु भएको हाे ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिहं विष्टद्वारा उद्घाटन गरिएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी एवम् सराेकारवालाहरूको सहभागीता रहेको थियो ।
प्रतियोगितामा बेलडाँडी गाउँपालिका अन्तर्गतका ६ सामुदायिक ३ संस्थागत गरि कूल नाै विद्यालयको सहभागिता रहेको बताइएको छ ।
पहिलो दिनको मार्च-पासमा सरस्वती मा.वि झनासागर प्रथम, कञ्चन ग्यालेक्सी द्वितीय र रौलेश्वर मावि बेलडाँडीले तृतीय स्थान हासिल गरेकाे आयाेजकले जनाएको छ ।
प्रतियोगितामा एथेलेटिक्स, भलिबल, कबड्डी, लङजम्प, हाइजम्प जस्ता विभिन्न खेलहरू समावेश गरिएका छन् । बेलडाँडी खेलकुद समितिको आयोजनामा उक्त प्रतियोगिता शुरु गरिएको हाे।
बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले -
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूलाई जिल्ला स्तरको प्रतियोगिताका लागि छनोट गरिने र समापनमा विजेता उपविजेतालाई ट्रफी मेडल पदक तथा प्रमाण-पत्र प्रदान गरिने बताए ।,