अत्यधिक चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २५ पुष २०८१ (२ हप्ता अघि)
  • २३२

कञ्चनपुर -

एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि पुनर्वास नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन् ।

बुधबार पुनर्वास  नगरपालिका कार्यालयले सुचना जारी गर्दै नगर भित्रका सम्पुर्ण बिद्यालयहरुलाई चार दिनका लागि जाडाे बिदा दिएकाे हाे । पाैष २५ गते देखि २८ गतेसम्म विद्यालय बन्द रहनेछन ।

चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि विद्यालयमा बिदा दिइएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए । उनका अनुसार नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस २५ गतेदेखि पुस २८ गतेसम्मका लागि बिदा दिइएको  छ ।

यस्तै कृष्णपुर नगरपालिकाले जाडो बिदाबाट मिलान हुने गरी विद्यालयमा पुस २३ गतेदेखि २८ गतेसम्म बिदा दिएको जनाएको छ । 

अन्तिम अध्यावधिक: २५ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस