बेलाैरी, कञ्चनपुर -
कञ्चनपुरको बेलौरी नगरपालिकाले पनि सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो विदा दिएको छ । केही दिन यता निरन्तर रुपमा चलिरहेको शीत लहरका कारण चिसो बढेपछि विद्यालयहरुमा जाडो विदा दिएको हो ।
नगरपालिकामा बिहिवार बसेको नगर प्रमुख स्तरीय बैठकबाट यहीँ पाैष २६ देखि २८ गते सम्म विदा दिने निर्णय गरिएको जनाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीद्धारा हस्ताक्षरित पत्रमा शीत लहरले गर्दा अत्यधिक चिसो बढ्दै गएकाले विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले विदा दिइएको उल्लेख छ ।
यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाले यसअघि नै विद्यालयमा विदा दिइसकेको छ ।