कञ्चनपुर -
कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक जनप्रतिनिधीले बिरामी पत्रकार सुजित रमेश सिनाललाई आर्थिक सहयोग गरेका छन् । भीमदत्त नगरपालिका १३का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले बिरामी पत्रकार सिनाललाई आर्थिक सहयोग गरेका हुन् ।
बिहीबार एक कार्यक्रमका विच वडाध्यक्ष बोहराले बिरामी पत्रकार सिनाललाई नगद तीन हजार एक सय रुपैया आर्थिक सहयोग गरेका छन् । समाजिक सञ्जालमा पत्रकार सिनाल बिरामी भएको खबर थाहा पाएपछि वडाध्यक्ष झक्कासले आफ्नो तर्फबाट सक्दो आर्थिक सहयोगका साथै स्वाथ्य लाभको कामना गरेका छन् । लामो समयदेखि घुडाको नसाको बिरामी रहेका पत्रकार सिनालको आर्थिक अवस्था कमजोर भएकाले वडाध्यक्ष जोशीले उपचार खर्च उपलब्ध गराएका हुन् ।
स्वतन्त्र निर्वाचित जनप्रतिनिधी एंव समाजिक अगुवा समेत रहेका वडाध्यक्ष झक्कासले समाजिक हकहितका क्षेत्रमा कार्यरत शुक्लाफाँटा एफएमका पत्रकार सिनालको उपचारका लागि भावि दिनमा सहयोगको प्रतिबद्धता जाहेर गरेका छन् ।