सुदूरपश्चिममा पुस २९ गते सार्वजनिक बिदा

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २६ पुष २०८१ (२ हप्ता अघि)
  • २५१

सुदूरपश्चिम प्रदेश सरकारले पौष २९ गते सार्वजनिक बिदा दिएको छ । थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

प्रदेश राजपत्रमा पनि पौष २९ गते जिता पर्व भनेर उल्लेख छ । पौष अन्तिम दिन थारु समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन छ । थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष मान्ने प्रचलन छ । सो अवसरमा माघ १ गते भने संघीय सरकारले राष्ट्रिय पर्वको रूपमा नै बिदा दिंदै आएको छ । 

अन्तिम अध्यावधिक: २६ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस