काठमाडौँ जिल्ला अदालतमा उपस्थित भए रवि लामिछाने

होमपेज / मुख्य समाचार / राजनीति /
  • रेडियो सुदूर सञ्चार
  • २८ पुष २०८१ (२ हप्ता अघि)
  • १४०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएपछि शुक्रबार उनी काठमाडौँ आइपुगेका थिए । 

केहीबेर अघि आफ्ना कानुनविद्हरूसँग लामिछाने जिल्ला अदालत काठमाडौँ पुगेका हुन् । काठमाडौँमा उनलाई कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौँको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनी लगायत  ३९ जना विरुद्ध मुद्दा दायर गरेको थियो । 

'अदालतमा उपस्थित भई बयान गर्न र आरोपको कानुनी प्रतिरक्षा गर्न पाउँ भन्ने निवेदन लिएर आएका छौँ,' लामिछानेका अधिवक्ताले सिधाकुरासँग भने । 

अन्तिम अध्यावधिक: २८ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस