मापदण्ड मिचेर जबर्जस्ती २२ सटर निर्माण गर्न खोजे विद्यार्थीद्वारा आन्दोलनको चेतावनी

होमपेज / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २८ पुष २०८१ (१ हप्ता अघि)
  • १२९

ऐश्वर्या कुँवर / कञ्चनपुर -

कञ्चनपुरका संयुक्त युवा विद्यार्थीले भवन आचार संहिता मापदण्ड मिचेर जबर्जस्ती २२ सटर निर्माण गर्न खोजिए आन्दोलनको चेतावनी दिएका छन् । 
आइतबार संयुक्त युवा विद्यार्थीले जिल्ला समन्वय समितिको हलमा आयोजित पत्रकार सम्मेलनमा युवा विद्यार्थीले मापदण्ड मिचेर जबर्जस्ती २२ सटर निर्माण गर्न खोजिए आन्दोलनको चेतावनी दिएका हुन् । 

झण्डै डेढ दशकदेखि सरकारी तथा सार्वजनिक अतिक्रमित जमिन बिरुद्धमा आन्दोलन गर्दै आएका युवा विद्यार्थीले अहिले तत्कालीन महेन्द्रनगर नगर विकास समितिको अतिक्रमित जमिन खाली गराउन स्थानीय सरकार पछि गरेको जनाएका छन् । सयुक्त युवा विद्यार्थीका तर्फबाट राप्रपा निकट राष्ट्रिय प्रजातन्त्र विद्यार्थी कञ्चनपुरका अध्यक्ष प्रेम रावलले महेन्द्रनगर बजारको सौन्दर्य  बिगार्ने गरेर सटर निर्माण गर्न नहुने बताए । उनले जरबजस्ती सटर निर्माण गरे आन्दोलनको चेतावनी दिएका छन् । 

नेकपा बहुमतका युवा नेता दिपेन्द्र सिह ऐरीले सरकारी अतिक्रमित जमिन बिरुद्धमा युवा विद्यार्थीले नियमित आन्दोलन गर्दै आएको र अहिलेपनि नियमित आन्दोलन जारी रहेको बताए । ‘वर्तमान सुप प्रदेशका मुख्यमन्त्री राजेन्द्रं सिह रावलकै प्रमुख आतिथ्यमा भीमदत्त नगरपालिकामा भएको सर्वदलीय बैठकमा आम राजनैतिक युवा, विद्यार्थीले बन्न हुने तर्क अघि सारेको थियो, ‘उनले भने, ‘अहिले पनि स्थानीय सरकार यसरी भू माफियाका पक्षमा लागेका छन् ।’ 
स्थानीय सरकार भू माफिया संरक्षणमा जुटेको उनको आरोप छ । 

धुम्रपान निषेधका अभियन्ता समेत रहेका 
समाजसेवी मदन चन्दले सुन्दर शहरमा २२ सटर बनाउन नहुने तर्क राखेका छन् । उनले राज्यको सम्पत्ती दोहन गर्न नहुने बताउँदै अतिक्रमण कार्य बन्द गर्नुपर्ने बताए । नेकपा माओवादी केन्द्र सुप प्रदेशका सदस्य दिपक साउद(शेखर)ले २२सटर मात्रै नभई सरकारी अतिक्रमित जमिन हटाउनुपर्ने बताए । 
‘हामीले व्यवसायीको व्यवस्थापन गर्न नहुने भनेका छैनौँ, ‘उनले भने, ‘गलत प्रवृतिबाट सरकारी जमिन दिन हुदैन ।’ राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरका सभापति पदम विष्टले उक्त स्थानमा २२औँ सटर नभई त्यहाँ २३औँ सटर पनि भएकाले त्यो सटरको विषयमा कोही पनि नबोलेको बताए । ‘मदन चोकमा मापदण्ड विपरित कुनैपनि सटर निर्माण गर्नु हुँदैन, ‘उनले भने, ‘मापदण्ड पुग्छ, भने बनाउन ठिक नभए हुँदैन ।’ नेकपा एकीकृत समाजवादी कञ्चनपुरका कोषाध्यक्ष हरक सिह धामीले तत्तकालिन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र गृहमन्त्री नारायण काजी श्रेष्ठका पालामा  देशभर अतिक्रमित जमिन खाली गर्ने अभियान अहिलेको सरकारको पालामा रोकिएको भन्दै आपत्ती जनाएका छन् । 

‘अहिलेको सरकार भू अतिक्रमणकारीको पक्षमा देखिएको छ, ‘उनले भने, ‘त्यही भएर २२सटरको विषयमा स्थानीय सरकारले निर्णय लिन सकेको छैन ।’ स्थानीय सरकारले २२सटर बारे गहन अध्ययन गर्नुपर्ने बताउँदै उनले मनलाग्दी रुपमा सरकारी जमिन अतिक्रमण गर्न नदिनुपर्ने बताए । ‘कुनैपनि हालतमा अवैध रुपमा बनेका संरचना खाली गर्नुपर्छ, मापदण्ड मिचेर कसैलाई जमिन पनि दिनु हुँदैन, ‘उनले भने, ‘यस्ता अवैध काम स्थानीय सरकारले गरे त्यस बिरुद्धमा आन्दोलन छेद्छौँ ।’ 

नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता एव पुर्व अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सिके भट्टले राष्ट्रिय सम्पत्ति संरक्षणको अभियान निरन्तर अघि बढ्ने बताए । ‘हामीले ०६४देखि नै तत्कालीन नगर विकास समितिको अवैध जमिन अतिक्रमण बिरुद्धमा आन्दोलन शुरुवात गरेका थियौँ, ‘उनले भने, ‘अहिलेसम्म हामीले निरन्तर आन्दोलन गर्दै आएका छौँ, रोकिनेवाला छैन ।’ भीमदत्त नगरपालिका स्थानीय सरकारले मापदण्ड मिचेर २२सटर बनाउन खोजेर गल्ती गरिरहेको बताउँदै उनले सरकारी अतिक्रमित जमिन खाली गर्न ढिलाई भएको बताए ।

उनले अतिक्रमित सरकारी जमिन खालीदेखि तत्कालीन सटरका सम्झौता सकिएकाले अन्याय गरेको बताउँदै सटरको नयाँ सम्झौतामा जोडदिए । 
‘भीमदत्त नगरपालिकाले अवैध संरचना भत्काउन आलटाल गरिरहेको छ, ‘उनले भने, ‘अहिले एडिबीले जहाँतही मापदण्ड विपरितका काम बिरुद्धमा हामी शसक्त आन्दोलन चर्काउँछौँ ।’ एडिबीले मनलाग्दी भवन एव अन्य सरचना निर्माणमा मापदण्ड मिच्दै आएको उनको आरोप छ ।

 

अन्तिम अध्यावधिक: २८ पुष २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस