कञ्चनपुर -
कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुकसहित प्रहरीकै पूर्वअसइ पक्राउ परेका छन् । हिजो (सोमबार) शुक्लाफाँटा नगरपालिका–८ स्थित सुनदेवी महिला सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रअन्तर्गत पर्ने चुरे वनबाट भरुवा बन्दुकसहित शुक्लाफाँटा नगरपालिका–६ का खडकबहादुर खड्का पक्राउ परेका हुन् ।
खड्का नेपाल प्रहरीका पूर्वअसइ भएको खुलेको छ । शुक्लाफाँटा सव–डिभिजन वन कार्यालयबाट खटिएका वन रक्षक खेम साउँद र वन स्काउट ईन्द्र बम नेतृत्वको टोलीले खड्कालाई नियन्त्रणमा लिएको हो । चुरे राष्ट्रिय वनमा जडान गरेको क्यामेराहरूको निरीक्षणमा गएको वेला उनलाई पक्राउ गरिएको बताइएको छ ।
भरुवा बन्दुकसहित पक्राउ परेका खड्कालाई इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।