रवि पक्षका वकिलको बहस सकियो, थुनामुक्त गराउन माग

होमपेज / मुख्य समाचार / राजनीति / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २ माघ २०८१ (१ हप्ता अघि)
  • २२२

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ ।

यसअघि सोमबार रविविरुद्ध सरकार र जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरेका थिए । आज (बुधबार) रविको पक्षमा वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र रमन श्रेष्ठले बहस गरिरहेका छन् । पन्त र श्रेष्ठ दुवै पूर्वमहान्यायाधिवक्ता हुन् ।

उनीहरूले रविलाई छाड्नुपर्ने तर्क पेश गर्दै इजलासमा बहस गरिरहेका छन् । अहिले खाजाका लागि समय छुट्टयाइएको छ भने सवा २ बजेबाट पुनः इजलास सुरु हुनेछ ।

जिल्ला अदालत कास्कीको आदेशपछि धरौटीमा रिहा भएका लामिछाने गत आइतबार आफैं अदालतमा उपस्थित भएका थिए ।

उनीविरुद्ध काठमाडौंमा पनि परेको मुद्दामा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भइरहेको छ ।

रविविरुद्ध बहस गरेका वकिलहरूले उनलाई थुनामै राख्नुपर्ने माग गरेका छन् । प्रमाण नष्ट हुनसक्ने भन्दै रविलाई थुनामै राख्नुपर्ने उनीहरूको तर्क छ ।

 

 

 

 

अन्तिम अध्यावधिक: २ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस