राष्ट्रिय स्वतन्त्र पार्टी सभापति लामिछाने रिहा

होमपेज / मुख्य समाचार / राजनीति / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २ माघ २०८१ (१ हप्ता अघि)
  • २३६

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको धरौटीमा रिहा गर्ने आदेश पछि उनी हिरासत मुक्त भएका हुन् । लामिछाने  काठमाडौँ जिल्ला अदालतको आदेशका कारण आइतबार देखि न्यायिक हिरासतमा थिए । 

भर्खरै अदालत परिसरबाट बाहिरिएका लामिछानेले न्यायिक प्रक्रियालाई आफूले सघाउने  र अदालतबाट स्वच्छ न्याय पाउनेमा विश्वस्त रहेको बताए । अदालतबाट छुटेपछि सञ्चारकर्मीलाई धन्यवाद भन्न अदालत अघिको प्रवेशद्वारमा आएका लामिछानेले भने, ‘अदालत र न्यायिक प्रक्रिया प्रति मेरो उच्च सम्मान  छ,’ लामिछानेले थपे,‘ यहाँहरु सबैलाई धन्यवाद ।’ 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटी रकम बुझाएर लामिछाने लामिछाने घरतर्फ लागेका हुन् । 

अन्तिम अध्यावधिक: २ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस