पुनर्वासमा लागूऔषध दुर्व्यसन तथा ट्राफिक नियम सम्वन्धी सचेतना मूलक कार्यक्रम

होमपेज / मुख्य समाचार / विविध / समाज /
  • रेडियो सुदूर सञ्चार
  • ९ माघ २०८१ (८ घण्टा अघि)
  • ७९

किशोर तामाङ / पुनर्वास -

कञ्चनपुरको पुनर्वासमा लागूऔषध दुर्व्यसन तथा ट्राफिक नियम सम्वन्धी एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । 

पुनर्वास ६ जनता माविमा लागूऔषध नियन्त्रण तथा ट्राफिक नियम सम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको हाे ।

गाँजा, कोकिन, कफ सुगर, हिरोइन लगायतका दुर्व्यसनको प्रभावमा परेकाले विद्यालय उमेर समूहका विद्यार्थीलाई सचेतना फैलाइएकाे आयोजकले जनाएको छ ।

खराब साथीको संगत, छोरा-छोरीमाथि अभिभावकको कम निगरानीका कारण पनि यस्ता समस्या देखिएकाे बताइएको छ ।

लागूपदार्थको सहज पहुँच, यसको असरबारे जानकारीको अभाव लगायतका कारण पनि युवाहरू दुर्व्यसनमा फसेका छन् भने ट्राफिक नियम सम्बन्धि जानकारी नहुँदा दुर्घटना बढेको तथ्याङ्कमा उल्लेख छ । 

त्यसैले पुनर्वास नगरपालिका वडा नम्बर ६ को आयोजना तथा ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको सहकार्यमा विद्यार्थी केन्द्रीत सचेतना मूलक कार्यक्रम सम्पन्न गरिएको हाे।

कार्यक्रममा पुनर्वास जनता माविका प्रधानाध्यापक मान बहादुर तामाङले पछिल्लो समय समाजमा बढ्दो लागूऔषध तथा दुर्व्यसनका कारण युवाहरू कुलतमा फस्दै गईरहेकाले त्यस्ता विकृतिलाई न्यूनीकरण गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएकोमा वडा समितिलाई धन्यवाद व्यक्त गरे।

कक्षा ८ देखि कक्षा +२ अध्ययन गर्ने उमेर समूहका विद्यार्थीहरूको अत्यन्तै संवेदनशील उमेर भएकोले यस्तो उमेरमा किशोरकिशोरीहरू लहलहैमा लागेर गलत कदम उठाउन सक्ने भएकोले त्यसबाट बचाउन विद्यालय मै कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष मित्र लामाले बताए।

गाजा, अफिम, चरेस, सुर्तीजन्य, चुरोट, गुटका, मदिरा जस्ता दुर्व्यशनको लत लागेमा आफ्नो भबिस्य अन्धकार हुनु संगै पारिवारिक तथा सामाजिक वातावरणमा समेत नकरात्मक असर पर्ने भएकोले यस्ता नकरात्मक असर पर्ने भएकोले विद्यार्थीलाई यस्ता गतिविधिमा नलाग्न समेत अध्यक्ष लामाले आग्रह गरे ।

ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक महेश बिक्रम शाहीले लागूऔषध सेवनकर्ताको लक्षण, यसबाट हुने शारीरिक मानसिक तथा सामाजिक असर र कानूनी दण्ड सजाय सम्बन्धी विषयमा प्रकाश पारेका थिए ।

वडा सदस्य बिष्णुमाया कोइरालाकाे स्वागतबाट शुरु गरिएको कार्यक्रमको सञ्चालन भावना स्वर्णकारले गरेकी थिइन् । 

भने, कार्यक्रममा शिक्षक विद्यार्थी एवम् सराेकारवालाहरुकाे उल्लेखनीय सहभागीता रहेको थियो ।

अन्तिम अध्यावधिक: ९ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस