महेन्द्रनगर / कञ्चनपुर -
कञ्चनपुरमा फेरी एक प्रहरीले आफैमाथि बन्दुक चलाएका छन् । विपद् व्यवस्थापन गुल्म महेन्द्रनगरमा कार्यरत प्रहरी जवान वकिल विष्टले आफैमाथि बन्दुक चलाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान विष्टले बुधबार राती सवा ८ बजेतिर डिउटीमा रहेका बेला गोली प्रहार गरेको बताए ।
यतिबेला घाईते विष्टको महाकाली अस्पतालमा उपचार भईरहेको छ । गत महिनामा पनि कञ्चनपुर जिप्रकामा कार्यरत एक प्रहरी जवानले आफैमाथि गोली चलाएर घाईते भएका थिए ।
कञ्चनपुरमा प्रहरीले धमाधम आफैमाथि गोली बर्षाउन थालेपछि प्रहरीको आन्तरिक सुरक्षामै चुनौती थपिएको छ ।