प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको ‘सुपर–फोर’ मा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई १४ रनले हराएकाे छ ।
आर्मीले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो । सुदूरपश्चिमकी मनिष बोहराले १८, कविता कुँवरले १६ रन बनाइन् । आर्मीकी सुष्मिता भुसालले ३ विकेट लिइन् ।
यसअघि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले २० ओभरमा ६ विकेट गुमाएर १ सय १० रन बनायो । आर्मीकी सम्झना खड्काले नटआउट ७४ रन बनाइन् । सुदूरपश्चिमकी जानकी थापाले २ विकेट लिइन् ।
‘सुपर–फोर’ मा एक समूहको टोलीले अर्काे समूहको टोलीसँग खेल्नेछन् । ‘सुपर–फोर’ मा शीर्ष दुईमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।