नेपालले आज मलेसियासँग खेल्दै

होमपेज / खेलकुद / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ११ माघ २०८१ (१ हप्ता अघि)
  • ८८

आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा नेपालले आज आयोजक मलेसियासँग खेल्दै छ ।

खेल मलेसियाको जोहोर एकेडेमी क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजेदेखि शुरू हुनेछ । नेपाल र मलेसिया दुवै समूह चरणबाट बाहिरिसकेका छन् ।

मलेसिया समूह ‘ए’ को तथा नेपाल समूह ‘डी’ को चौथो स्थानका रूपमा प्लेअफमा आज खेल्न लागेका हुन् । पहिलोपटक विश्वकप खेलेको मलेसिया आयोजक टोली भएकाले सीधै विश्वकपमा स्थान बनाएको थियो ।

नेपालले एशिया छनोट जितेर विश्वकपमा प्रवेश गरेको थियो । यो विश्वकपको समूह चरणमा नेपाल,बङ्गलादेश,स्कटल्याण्ड र अस्ट्रेलियासँग पराजित भएको थियो ।
 

अन्तिम अध्यावधिक: ११ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस