बेलौरी, कञ्चनपुर –
कञ्चनपुरका तीन वटा पालिकामा आज(शुक्रबार) देखि पाँच दिनसम्म विद्युत् आपूर्ति अनियमित हुने भएको छ ।
लालपुर सव-स्टेशनबाट कलुवापुर सवस्टेशनसम्म ३३ केभी ‘कण्डक्टर अपग्रेड’ कार्यका लागि ११ गते शुक्रबार देखि यहीँ माघ १५ गते सम्म विद्युत् आपूर्ति अनियमित हुने भएको हो ।
गर्मीयाम र हुरीबतासको समयमा हुने विद्युत् अनियमित तथा न्यून भोल्टेज सुधार गर्नका लागि कण्डक्टर अपग्रेडको कार्य प्रारम्भ हुने महेन्द्रनगर वितरण केन्द्रले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयले ठेक्का प्रक्रियामार्फत जीर्ण अवस्थाका पोल र तार फेर्ने काम शुरुगर्ने बताएको छ ।
कलुवापुर ३३/११ केभी सबस्टेशनबाट विद्युत् आपूर्ति हुने शुक्लाफाँटाका सम्पूर्ण ठाउँ, कृष्णपुर नगरपालिकाको वडा नम्बर १, २, ३ लगायत बेलौरी वितरण केन्द्रका सम्पूर्ण भागमा विद्युत सेवा समेत अनियमित हुने जनाइएको छ ।
११ र १४ गते बिहान ९ देखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति कटौती हुने भएको छ । त्यस्तै १२ १३ र १५ गते दिउँसो एक बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने सूचनामा उल्लेख गरिएको छ ।