|पुस्कल चाैधरी
निरु चाैधरी / बेलाैरी, कञ्चनपुर -
शुक्रबार कञ्चनपुरको बेलाैरी नगरपालिका २ दिनापुरमा माघ मिलन साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
तराईका थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएको माघी पर्व विविध कार्यक्रमका विच भव्यताका साथ सम्पन्न भएको हाे ।
बखरिया उल्टाहा थारु समाज जिल्ला कार्य समितिको आयोजनामा एकदिने वृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको समाजका अध्यक्ष पुस्कल चाैधरीले बताए ।
स्थानीय थारु अगुवा समेत रहेका जिल्ला अध्यक्ष चाैधरीले माघ पर्व ०८१ काे शुभकामना व्यक्त गरेका छन् ।
बेलाैरी नगर प्रमुख पाेतीलाल चाैधरीकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व प्रदेश माननीय कुलवीर चाैधरी, बेलाैरी नगर भलमन्सा समिति अध्यक्ष अमरसिंह चाैधरी, वडाध्यक्ष कलवीर चाैधरी लगायत स्थानीय समाजसेवी बुद्धिजीवी भलमन्सा एवम् सराेकारवालाहरुकाे उल्लेखनीय सहभागीता रहेको थियो ।
कार्यक्रममा परम्परागत संस्कृति झल्किने विभिन्न विधाका नृत्य कला प्रस्तुत गरिएका थिए ।
थारु समुदायको कला र संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने स्थानीय भलमन्सा, बडघर, कलाकार, थारु समुदायका अगुवा एवम् सराेकारवालाहरुलाई सम्मान गरिएको जनाइएको छ ।
कार्यक्रममा बाेल्ने प्रमुख अतिथि पाेतीलाल चाैधरी सहितका अधिकांश वक्ताले माघी पर्वकाे शुभकामना व्यक्त गरेका छन् । उनीहरूले थारु समुदायको पहिचान र अधिकार सुनिश्चितताका लागि एक हुनुकाे विकल्प नभएको बताए ।