पुनर्वास, कञ्चनपुर -
कञ्चनपुरमा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका–४ कार्गिलडाडामा पुरानो छोडेको घरको बराण्डामा जिल्ला लख्खिमपुर उत्तरप्रदेश सम्पुर्णानगर भारत बस्ने ४० वर्षीय चन्दनकुमार गुप्ता मृत अवस्थामा फेला परेका हुन् ।
गुप्ता कभाड संकलनको काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।