कञ्चनपुर : आफैंलाई गोली हानेका प्रहरीजवान बिष्टको मृ*त्यु

होमपेज / घटना / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १२ माघ २०८१ (३ महिना अघि)
  • ४०३

कञ्चनपुर -

ड्युटीमा रहेका बेला आफैंमाथि गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म कञ्चनपुरमा कार्यरत प्रहरी जवान वकिल बिष्टले बुधबार साँझ आफैंमाथी गोलि चलाएका थिए ।

कैलालीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रप्रसाद जोशीले जानकारी दिए ।

घटनालगत्तै विष्टलाई महाकाली अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ सामान्य उपचारपछि अस्पतालले धनगढी रेफर गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेशराज जोशीका अनुसार बिहीबार साँझ साढे ८ बजेतिर ड्युटीका रहेकै बेला बिष्टले आफूले बोकिरहेको एसएलआर राइफलबाट आफूमाथि गोली प्रहार गरेका थिए ।

 

अन्तिम अध्यावधिक: १२ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस