राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले ल्याएका अध्यादेशका विरुद्ध उभिने निर्णय गरेको छ। संसद्को हिउँदे अधिवेशनबारे छलफल गर्न बुधबार बसेको सचिवालय बैठकले ती अध्यादेश अस्वीकारको प्रस्ताव गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियाले जानकारी दिए। ‘संसद्को हिउँदे अधिवेशनमा जाँदा सरकारले सदनलाई छलेर अध्यादेश ल्याउने काम गरेको छ,’ बैठकबारे जानकारी गराउँदै उनले भने, ‘सदनमा विचाराधीन विधेयकलाई समेत गरी ६ वटा अध्यादेश पेस गरेको छ। ती अध्यादेश अस्वीकारको प्रस्ताव गर्ने निर्णय गरेको छ।’
त्यस्तै बैठकले पार्टी सभापति रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइ सांसदबाट निलम्बन गर्ने निर्णयको रास्वपाले बिरोध गर्ने निर्णय समेत गरेको छ।सरकारले राजनीतिक प्रतिसोधका आधारमा प्रतिनिधिसभा नियमावली सम्पत्ति शुद्धीकरणसमेतको मुद्दा हालेर सांसद पद निलम्बन गरेको ठहर गरेको आफूहरुले गरेको परियारले बताए। उनले भने, ‘सरकारले राजनीतिक प्रतिशोधका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता रवि लामिछानेलाई सम्पती शुद्धीकरणको समेतको मुद्दा हालेर सांसद पद निलम्बन गरेको छ। प्रतिनिधिसभा नियमावलीको विरुद्ध भएको ठहर गर्दै विरोध गर्ने निर्णय गरेको छ।’