कञ्चनपुर -
कञ्चनपुरमा ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । जिल्लाको कृष्णपुर नगरपालिका–४ किचाइ समैजी स्कुल नजिक से १ त ३७३२ नम्बरको ट्याक्टर अनियन्त्रित भइ बिहिवार दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा ट्याक्टरमा सवार १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रहरीले जनाएको छ । घाइते १७ जनामध्ये १२ जनाको निमेष अस्पताल गुलरीयामा र अन्य ५ जनाको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएकोे छ । ४३ वर्षीय ट्याक्टर चालक सियाराम रानालाइ प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।