एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा

होमपेज / मनोरंजन / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १८ माघ २०८१ (२ दिन अघि)
  • ३१९

गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा शुक्रबार सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छन् । काठमाडौं जिल्ला अदालतमा शुक्रवार दर्ता भएको फिरादमा पति सापकोटाले आफ्नो चरित्रमाथि शंका गरेको र पति पत्नीको रुपमा सम्बन्ध सुमधुर हुन नसकेको जिकिर गरेकी छन् ।

लामो समय प्रेम सम्बन्धमा रहेको यी जोडीबीच बिहेपछि कलह सुरु भएको थियो । कलहले घरेलु हिंंसाको समेत अवस्था निम्तिएको चर्चा पनि छ । झापाकी एलिना र बागलुङका विष्णुले गत वैशाख ५ गते मात्र विवाह गरेका थिए। विष्णु अस्ट्रेलिया बस्छन् । विवाहपछि एलिना पनि अस्ट्रेलिया गएकी थिईन । तर छोटो बसाइ पछि नै एलिना दसैंअघि नेपाल फर्किइन् । त्यसयता उनी नेपालमै छिन ।

अन्तिम अध्यावधिक: १८ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस