पेट्रोलियम पदार्थको मूल्य बढ्यो

होमपेज / अर्थ / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १९ माघ २०८१ (३ महिना अघि)
  • २१७

नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले माघ १९ गते बिहान १२:१ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ४ रुपैयाँले वृद्धि गरेको हो । त्यसैगरी हवाई इन्धनमा ६ रुपैयाँ वृद्धि भएको छ । 

नयाँ मूल्य अनुसार काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६७ रुपैयाँमा पुगेको छ भने  डिजेल/मट्टितेलको मूल्य १६० रुपैयाँ प्रतिलिटर पर्नेछ । 

त्यस्तै सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६६ रुपैयाँ पर्नेछ भने  डिजेल/मट्टितेलको प्रतिलिटर १५९ पर्नेछ ।

त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा पर्नेछ भने  डिजेल/मट्टितेलको प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा पर्नेछ । 

अन्तिम अध्यावधिक: १९ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस