कञ्चनपुर : काँग्रेस नगर सभापति कलाैनी मृ*त फेला

होमपेज / घटना / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १९ माघ २०८१ (३ महिना अघि)
  • १४४१

कञ्चनपुर – नेपाली काँग्रेस भीमदत्त नगर सभापति अच्युत कलौनी मृत फेला परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका-१८ स्थित वडा कार्यालय नजिकैको सडक छेउमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको कञ्चनपुर प्रहरीले जनाएको छ। 

स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरिरहेको छ।

कलौनीको मृत्युको कारण खुल्न सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उक्त घटनाले काँग्रेस नेता कार्यकर्ताहरू शोकमा डुवेका छन्।

अच्युत कलौनी नेपाली कांग्रेसका क्रियाशील नेता हुन् । स्थानीय विकास तथा पार्टी सुदृढीकरणमा उनको उल्लेखनीय याेगदान रहेको बताइन्छ ।

विद्यार्थी राजनिती देखि पार्टीमा लामो समयदेखि सक्रिय रहेका कलौनीले विभिन्न सामाजिक काममा समेत सक्रिय भूमिका निभाउँदै आएका थिए ।

अन्तिम अध्यावधिक: १९ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस