किशोर तामाङ / पुनर्वास, कञ्चनपुर -
नेपाल आदिवासी जनजाती महासंघ पुनर्वास नगर समन्वय परिषदद्वारा बालबालिकालाई पोशाक वितरण गरिएको छ ।
शुक्रबार पुनर्वासका स्थानीय एवम् आदिवासी जनजाति महासंघमा आबद्ध संस्था नेपाल तामाङ घेदुङ, थारु कल्याणकारिणी परिषद् , तमु समाज, रानाथारु उत्थान समन्वय मञ्च, मगर संघ, नेवा देय दबु, भुजेल समाज सेवा समिति र नेपाल माँझी समाजको छाता संस्था नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदले गरिव विपन्न अशक्त र जेहेन्दार विद्यार्थीहरुलाई पाेशाक (ट्रेक सुट) वितरण गरेको हाे ।
पुनर्वास नगरपालिकाको आर्थिक सहयोगमा नगर भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ३ सय २५ आदिवासी जनजाति विद्यार्थीहरुलाई उक्त पोशाक वितरण गरिएको बताइएको छ ।
कक्षा १ देखि ८ सम्मका छात्र-छात्रालाई नि:शुल्क न्यानो पोशाक हस्तान्तरण वितरण गरिएकाे आदिवासी जनजाति नगर समन्वयन परिषद् अध्यक्ष प्रविण थापामगरले जनाए ।
अध्यक्ष थापामगरले जाडो याममा बालबालिकालाई सहयोग गर्न पाएकोमा खुुशी व्यक्त गर्दै आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताए ।,
भने उता जाडोमा न्यानो लुगा पाएपछि विद्यालय उमेर समूहका बालबालिका हर्षित भएका छन् ।