कञ्चनपुर -
कञ्चनपुरमा भारतीय ६ लाख ८८ हजारसहित एक जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१० गड्डाचौकि सीमा क्षेत्रबाट स्रोत नखुलेको ६ लाख ८८ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका हुन् ।
सीमा सुरक्षा गुल्म गड्डाचौकी र इलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले बिहिवार नियमित जाँचका क्रममा उक्त रकमसहित एक जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा भारतीय रकमको वैध स्रोत पुष्टि हुन नसकेपछि आवश्यक कारबाहीका लागि पक्राउ परेका व्यक्तिलाई राजस्व अनुसन्धान कार्यालय, कोहलपुर बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ ।