कलाैनी मृत्यु प्रकरण : भेटिएन माेबाइल र पैसा !

होमपेज / घटना / मुख्य समाचार / समाचार /
थप अनुसन्धान जारी..
  • रेडियो सुदूर सञ्चार
  • १९ माघ २०८१ (१ दिन अघि)
  • ४४१

कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ सडकपेटीमा मृत फेला परेका नेपाली काँग्रेस भीमदत्त नगर सभापति अच्युत कलौनीको मृत्यु प्रकरणमा केही शंकास्पद प्रश्न उठ्न थालेको छ ।

शनिबार बिहान मृत्य फेला परेका कलौनीको शरीरमा घाउ चोट नदेखिए पनि उनको एक थान मोबाइल र पर्समा भएको पैसा नभेटिएपछि उक्त मृत्यु प्रकरणमा शंका उत्पन्न भएको छ ।

धनगढी बाट फर्केपछि राती घर जान्छु भनी महाकाली अस्पताल बाट घर निस्केका कलौनी घटनास्थल नजिकै सिसीटिभीमा देखा परेका छन्। उनी एक्लै हिँडिरहेको अवस्थामा क्यामेरामा कैद छन् । 

घटनालाई गम्भीर रुपमा लिदै प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुर  परिचालन गरे पनि घटनाबारे केही थप तथ्य भने पत्ता लागेको छैन् ।

प्रहरीले कलौनीको शव अहिले पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखेको छ। भने पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्जबाट डाक्टरको विज्ञ टोली मगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए।

घटना बारे बुझ्न गृहमन्त्री रमेश लेखक पनि कञ्चनपुर आइपुगेका छन्। 

अन्तिम अध्यावधिक: १९ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस