भारतको महाकुम्भ मेलाबाट फर्किने क्रममा भएको स्कारपिओ दुर्घटनामा एकै परिवारका चारसहित पाँच जना नेपालीको मृत्यु भएको छ ।
बीआर ३२ पिए ४६६१ नम्बरको स्कारपिओ अर्को दिशाबाट गुडिरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनामा महोत्तरीका पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा श्रीमान, श्रीमती, मामा, माइजु र चालकको मृत्यु भएको हो । दुर्घटनामा थप चार जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा महोत्तरीको मनरासिस्वा नगरपालिका–२ कट्टी घर भएका ६० वर्षीय बालकृष्ण झा, ५० वर्षीया इन्दु देवी, ५५ वर्षीय मनतारण देवी, ३० वर्षीया अर्चना झा र सिरहा जिल्ला घर भएका नाम थर नखुलेका स्कारपिओ चालक रहेका छन् ।