साउदीमा सडक दुर्घटना हुँदा तीन नेपालीको मृ*त्यु

होमपेज / दुर्घटना / प्रवास / मुख्य समाचार / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १९ माघ २०८१ (२१ घण्टा अघि)
  • ५३२

साउदी अरबमा सडक दुर्घटना हुँदा तीन नेपाली कामदारको मृत्यु भएको छ। साउदीको पश्चिमी क्षेत्रमा जिजाननजिकै भएको भयानक दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।

जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका सुवास यादवका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन्। सोही दुर्घटनामा एक नेपाली घाइते भएका छन्। उनको अस्पतालमा उपचार भइरहेको कर्मचारी यादवले जानकारी दिए।घटना’दयगत मृतकका परिवारलाई जानकारी गराइसकिएको छ।

उनीहरूको शव सम्बन्धित कम्पनीसँग समन्वय गरेर स्वदेश पठाइने यादवले बताए। सडक दुर्घटनामा नौ भारतीय नागरिकको पनि मृत्यु भएको जेद्दास्थित भारतीय वाणिज्य दूतावासले जनाएको छ । बाँकी मृत्यु हुनेमा तीन जना घानाका नागरिक छन्।

दुर्घटनामा १५ नागरिक मारिएको साउदी प्रेस एजेन्सीले जनाएको छ। घाइते ११ जनाको अस्पतालमा उपचार भइरहेको छ। दक्षिणी बन्दराह सहर जिजानमा २६ कामदार आफ्नो कार्यस्थलमा जाँदैगर्दा उनीहरू सवार बस एक ट्रेलरसँग ठोक्किएर दुर्घटना भएको थियो।

अन्तिम अध्यावधिक: १९ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस